- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छ । गत जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रत्यक्षदर्शीले बताएको बीबीसीको अनुसन्धानले देखाएको छ ।
सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो ।
विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । यीन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ ।
सेनाले चरम यातना दिएर सर्वसाधरणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन् । ‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन् । अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ ती व्यक्तिले भने ।
गत वर्षको फेब्रुवरीमा सेनाले कु गरि सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन् । कुपछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ ।