arrow

हङकङकाे निर्वाचनमा चीनकाे प्रभुत्व, बेइजिङ समर्थककाे भारी जित दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
hongkong-legco.jpg

काठमाडौं । हङकङको विधान परिषद् निर्वाचनमा बेइजिङ समर्थक उम्मेद्वारहरुले भारी जित हासिल गरेको दाबी गरेका छन् । चीनले हङकङलाई आफ्नो नियन्त्रणमा ल्याउने किसिमले लागु गरेको राष्ट्रिय सुरक्षा कानुन र निर्वाचन प्रणालीमा गरेकाे व्यापक परिवर्तन पछिको यो पहिलो विधान परिषद् निर्वाचन हो ।

चीनले हङकङको परिषद्का उम्मेदवारहरु छान्न एवं जाँच्न सक्ने किसिमको एक प्रस्ताव पारित गरेको थियो । यसले त्यहाँको लाकतन्त्रलाई कमजोर बनाएको बताइएको छ ।

चिनियाँ प्रभुत्वका कारण विवादित अहिलेको यो विधानसभा निर्वाचनमा ३०.२५ प्रतिशत मतदाताले मात्र भाग लिएका थिए । विधान परिषद् हङकङको कानुन बनाउने र परिमार्जन गर्ने शक्तिशाली अंग हो ।

विधायिका ९० जनाको सिटमध्ये २० जना मात्र जनताले प्रत्यक्ष रूपमा निर्वाचित गरेका थिए । ४० जना बेइजिङ समर्थक निर्वाचन समितिले छानेकाे थियाे भने, ३० जना व्यापार र अन्य क्षेत्रबाट छानिएका थिए । 

हङकङको विधान परिषद्को यो निर्वाचनमा ऐतिहासिक किसिमले चिनियाँ प्रभाव परेको र चीन समर्थकहरु चुनिएकाे बताइएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ