arrow

बुरुन्डी पुगेका ११ फुटबल खेलाडीमा कोरोना

logo
दार ए सलाम,
प्रकाशित २०७८ पुष ५ सोमबार
corona-virus-awareness.jpg

सिन्ह्वा । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजेटिभ भएका बताइएको छ ।

यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए ।

उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएका समाचरमा जनाइएको छ । उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका समाचारमा जनाइएको छ ।उनीहरु बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेहका थिए । 

त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरु खेल्न नपाएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ