arrow

एमसीसी लगायतको नाममा पुनः प्रतिगमनको खतरा छ : डा.भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी जनता पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पछिल्लो समय एमसीसी लगायतको नाममा पुनः प्रतिगमन हुनसक्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालले केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ लाई ‘कालो दिन’को रुपमा मान्दै आयोजना गरेको कार्यक्रममा उनले पुनः प्रतिगमनको खतरा रहेको बताएका हुन् ।

उनले भने, ‘पुनः प्रतिगमनको खतरा छ । एमसीसी लगायतको नाममा पुनः प्रतिगमन हुन लागेको छ । त्यसैले प्रतिगमनविरुद्ध एक भएर संघर्ष गर्नुपर्छ ।’

ओली प्रतिगमनविरुद्ध संघर्ष गरेका राजनीतिक शक्तिहरुमा फुट ल्याएर प्रतिगमन सफल बनाउने योजनामा रहेकाले सचेत रहन पनि उनले आग्रह गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ