बङ्गलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ५ सोमबार
671
Shares
ढाका । बङ्गलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरूमार्फत सहयोग गर्ने भएको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
पाकिस्तानमा डिसेम्बर १९ मा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआईसी) परराष्ट्र मन्त्री परिषद्को १७ औँ असाधारण बैठकमा पाकिस्तानका विदेश सचिव मसुद बिन मोमेनले यो जानकारी गराएको परराष्ट्र मन्त्रालयका प्रवक्ता मुहम्मद मोहसिन रेजाले बताएका छन् ।
काउन्सिलको बैठकमा परराष्ट्र सचिवले अफगानिस्तानको ठुलो हिस्सामा खाद्यान्न, आश्रय र सामाजिक सेवाको चरम अभावका कारण आर्थिक र मानवीय सङ्कटमा परेको विषयमा गहिरो चासो व्यक्त गरेका छन्। जाडोको याममा झनै बिग्रन सक्ने पनि उनले बताएका छन् ।
अफगानिस्तानको समावेशी सामाजिक-आर्थिक विकास निर्बाध रूपमा जारी रहने विश्वास व्यक्त गरिए तापनि समाजका सबै वर्गले आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा प्रभावकारी रूपमा योगदान पुर्याउन र क्षेत्रीय सद्भाव कायम राख्न सकुन् भन्ने मोमेनले बताएका छन् ।
परराष्ट्र सचिव मोमेनले पनि बङ्गलादेशले अफगानिस्तानको विकास प्रक्रियामा साझेदार हुनसक्ने बताएका छन् ।