arrow

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ५ सोमबार
omicron-corona-virus.jpg

लण्डन । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट एकै दिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । 

योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरूको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

त्यसै गरी कोरोनाभाइरसबाट भने एक दिनमा ८२ हजार ८८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ ।

यसअघि गत शनिवार एकै दिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक धेरै भएको छ । 

बेलायतमा एक दिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना संक्रमित भएका थिए । त्यसपछि भने घट्दै गएको छ । संक्रमित भएकाहरूको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरूको सङ्ख्या भने सामान्य नै देखिएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ । 

बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ