arrow

संक्रमणमा ओमिक्रोनले डेल्टालाई पछि पार्‍यो, पूरै विश्व फेरि लकडाउनतर्फ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
omicron-corona-virus.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भन्दा तीव्ररुपमा फैलिने पुष्टि गरेको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ओमिक्रोन एक पटक संक्रमित भइसकेका र खोप लगाएकालाई समेत सहजै संक्रमित बनाउन सक्ने चेतावनी दिएका छन् ।

यस्तै अमेरिकामा अहिले नयाँ थपिने संक्रमितमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या बढी रहेको अधिकारीहरुले बताएका छन् । नयाँ थपिने संक्रमणका केसहरुमा ओमिक्रोनले डेल्टालाई पछि पारेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

पछिल्लो हप्ताको तथ्यांक हेर्दा नयाँ संक्रमितको ७३.२ प्रतिशत ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका हुन् । यसबीच इजरेलले अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ । 

थुप्रै युरोपेली मुलुकहरुले बेलायत (इङ्गल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्ड) बाटसमेत यात्रामा प्रतिबन्ध लगाएका छन् । ओमिक्रोनको संक्रमण बढ्दै गएसँगै नेदरल्याण्ड्सलगायत विभिन्न मुलुकले क्रिममसलाई लिएर लकडाउनसमेत जारी गरिसकेका छन् ।

अहिले विश्वका झण्डै एक सय देशमा ओमिक्रोन फेलिइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ