arrow

विश्वको सबैभन्दा ठुलो सैन्य गठबन्धनलाई चीनको सुझाव

logo
एएनआई / स्पुतनिक,
प्रकाशित २०७८ पुष ६ मंगलबार
NATO-forces3.jpg.jpeg

बेइजिङ [चीन] । नाटोले वैचारिक पूर्वाग्रह त्याग्नुपर्छ र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सुरक्षा कायम गर्न थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

"विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा नाटोले शीतयुद्धको मानसिकता र वैचारिक पूर्वाग्रहहरू त्याग्नुपर्दछ, अन्तरराष्ट्रिय र क्षेत्रीय सुरक्षा एवं स्थायित्व कायम गर्न थप प्रयास गर्नुपर्छ," मन्त्रालयले सुरक्षा ग्यारेन्टीमा रूसको प्रस्तावमा टिप्पणी गर्दै उक्त कुरा बताएको स्पुतनिकले लेखेको छ ।

डिसेम्बर १७ मा रूसी विदेश मन्त्रालयले रुस र अमेरिका र नेटोबीच सुरक्षा ग्यारेन्टीमा मस्यौदा सम्झौता प्रकाशित गरेको छ। यस सम्बन्धी कागजातहरू पहिले नै वाशिंगटन र यसका सहयोगीहरूलाई हस्तान्तरण गरिएको छ।

 रुसी उप-विदेशमन्त्री सर्गेई र्याबकोभले स्पुतनिकलाई बताएअनुसार यदि नाटो र अमेरिकाले सुरक्षा ग्यारेन्टीको लागि रुसको मागलाई जवाफ दिएन भने यसले नयाँ टकराव निम्त्याउन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ