- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको चर्चित औद्योगिक घरानियाँ चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा नेपालका एकमात्र अर्बपति चौधरी निर्वाचित भएका हुन् । उनले २२ सय ६ मत प्राप्त गरेका छन् ।
मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा पहिलो नम्बरमा भने अजय चौरसिया निर्वाचित भएका छन् । उनले ४६ सय ६७ मत खसेकामा २५ सय २२ मत पाएका छन् । चौधरी दोस्रो स्थानमा रहे । यसैगरी तेस्रो स्थानमा रहेर चन्द्रमोहन यादव २१ सय ३८ मतसहित निर्वाचित हुँदा महेन्द्रकुमार रायले १९ सय ८४ मत ल्याएर चौथो तथा दिनेशकुमार यादव १९ सय ५९ मतसहित पाँचौं भए ।
कांग्रेस विधानअनुसार मधेसीतर्फ खुलातर्फ पाँच जना र महिलातर्फ चार जना गरी नौं जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । महिलातर्फको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा पक्षका उम्मेदवार मात्रै निर्वाचित भएका छन् ।
महिलातर्फ मुक्ताकुमारी यादव ३९ सय ६९, मिनाक्षी झा ३ हजार १२, मञ्जुकुमारी यादव २८ सय ८३ र नागिना यादव २८ सय ४६ मत ल्याएर विजयी भएका हुन् ।