arrow

'जीवन गुमाउनु भन्दा चाडपर्व गुमाउनु राम्रो हो'- डब्ल्यूएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
who-president-tedros.jpg

काठमाडौं । ओमिक्रोन भेरियन्टका कारण कोरोना भाइरसको संक्रमण बढ्दै गएका बेला क्रिसमसलाई लिएर विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले चाँडपर्वको विषयलाई संकेत गर्दै भनेका छन्, 'जीवन क्यान्सिल हुनु भन्दा ईभेन्ट क्यान्सिल गर्नु राम्रो हो ।'

सोमबार समाचार कन्फेरेन्समा बोल्दै  महानिर्देशक टेड्रोसले ओमिक्रोन अहिलेसम्म नदेखेको गतीमा ओमिक्रोनको संक्रमण फैलिरहेको बताउँदै चेतावनी दिएका हुन् ।

अफ्रिकामा ओमिक्रोन देखिनुअघि १८ महिनाकै कम संक्रमित देखिरहेकोमा हाल हप्तादिनमा अहिलेसम्मकै बढी संक्रमित थपिइरहेको उनले बताए ।

अमेरिकामा ओमिक्रोन देखिएको २० दिनमै यो भेरियन्ट डेल्टालाई पछि पार्दै नयाँ संक्रमण फैलिने प्रमुख भेरियन्ट बनिसकेको छ ।

ओमिक्रोनको संक्रमण फैलिएसँगै नेदरल्याण्डले कडा लकडाउन गरिसकेको छ, क्यानडामा समेत लकडाउनका नियमहरु लागु हुन थालेका छन् । दर्जनौं देशहरुले यात्राका नियमहरुमा निकै कडाइ गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ