arrow

पाकिस्तानमा शरण लिन पुगेका अफगानीहरूलाई फिर्ता पठाउँदै पाकिस्तान

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष ७ बुधबार
afghanistan-refugees.jpg
फाइल तस्बिर

इस्लामाबाद। तालिबानले अगस्टमा छिमेकी अफगानिस्तान कब्जा गरेपछि तीन लाखभन्दा बढी अफगानीहरू पाकिस्तानमा शरण लिन बाध्य भएका छन्। पाकिस्तानले भने उनीहरूलाई आफ्नो मुलुक फिर्ता हुन आग्रह गरिरहेको छ। 

पाकिस्तानी अधिकारीहरूले बिहीबार पहिलो पटक पाकिस्तान प्रवेश गरेका अफगानीहरूको सङ्ख्या खुलासा गर्दै  फिर्ता जान आग्रह गरेको हो। अफगानिस्तानले वैध भिसामा पाकिस्तान प्रवेश गरेको एक लाख पाँच हजार भएको पनि खुलाइएको छ। 

बाँकी दुई लाख अफगानीहरू गैर कानुनी प्रवेशकर्ताहरू भएको ठहर गर्दै केही दिनभित्र सबैलाई अफगानिस्तान फर्किन आदेश दिएको हो। उनीहरू अफगानी शासनको चरम यातनाबाट पाकिस्तानमा शरण लिन पुगेका थिए। 

तालिबान सरकारलाई मान्यता दिएको पाकिस्तानले यसरी शरण लिन आएकाहरूलाई फिर्ता गर्नु न्यायसङ्गत नभएको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ। अफगानिस्तानमा मानवीय र आर्थिक सङ्कट भएकोले सहयोगको माग गरिरहेको पाकिस्तानले शरण लिन आएका अफगानीहरूलाई फेरि त्यही सङ्कटको सामना गर्न फिर्ता पठाउनु द्वैध चरित्र देखाएको आरोप लागेको छ। 

अफगानिस्तानलाई तालिबानले गरेको कब्जामा पाकिस्तानले सहयोग गरेको ठहर गर्दै अमेरिकाले पाकिस्तानसँगको सम्बन्धलाई पनि सावधानीपूर्वक हेरिरहेको छ। तालिबानले अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेको थियो। उक्त कब्जापछि अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले पनि आर्थिक सहयोगमा रोक लगाएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ