arrow

ओमिक्रोनलाई लक्षित खोप बनाउँदै एस्ट्राजेनेका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
astrazeneca pfizer.jpg

काठमाडौं । एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयमा वैज्ञानिकहरूसँग ओमिक्रोन भेरियन्टलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने तयारी थालेको छ ।

निकै बढी सङ्क्रामक मानिएको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्दै गएपछि मोडर्ना र जोन्सन एन्ड जोन्सनले पनि यस्तै तयारी अघि बढाएको छ ।

एस्ट्राजेनेकाले भेरियन्ट लक्षित खोप बनाउने तयारी सहित पहिलो चरणमा अघि बढेको बताएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धान प्रमुख स्यान्डी डगलसले कोभिड१९ खोप जस्तै मृत भाइरसको प्रयोग गरेर कुनै पनि भेरियन्टविरुद्ध खोप बनाउन सकिने सम्भावना रहेको बताएका छन् ।

यद्यपि, मोडर्ना र फाइजरले भने आफ्नो खोपले भाइरसलाई स्थिर पार्ने र चौथो डोजले ओमिक्रोन भेरियन्टविरुद्ध पनि पर्याप्त काम गर्ने सक्ने बारे अध्ययन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ