arrow

२०२२ मा चीनको आर्थिक वृद्धि दर खुम्चिने विश्व बैङ्कको प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
xi-jinping-china.jpg

काठमाडौं । विश्व बैङ्कले सन् २०२१ र सन् २०२२ मा चीनको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैङ्कले गत जुनमा सन् २०२१ मा चीनको आर्थिक वृद्धि दर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । 

तर, अक्टोबरमा घटाएर ८.१ र अहिले ८ प्रतिशत मात्रै हुने अनुमान प्रक्षेपण गरेको हो । यस्तै सन् २०२२ को चिनियाँ आर्थिक वृद्धि दर पनि ५.४ प्रतिशतबाट घटाएर ५.१ प्रतिशतमा झारेको छ ।

सन् १९९० यता यो दोस्रो पटक चिनियाँ आर्थिक वृद्धि दर खुम्चिने देखिएको हो । सन् २०२० मा चीनको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित रहेको थियो ।

विश्व बैङ्कले बुधबार चीनको अर्थतन्त्रको पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै चीनको आर्थिक दृष्टिकोणमा नकारात्मक जोखिम बढेको बताएको छ ।

बढ्दो कोरोना भाइरसको सङ्क्रमण र सम्पत्ति खास गरी चिनियाँ रियल स्टेट क्षेत्रको मन्दीले पनि आर्थिक वृद्धिमा असर पार्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ