arrow

ओमिक्रोन डेल्टा भन्दा कम घातक नभएको अध्ययनको निष्कर्ष, पुरुष प्रजननबारे पनि नयाँ तथ्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
omicron-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भन्दा कम घातक नभएको अध्ययनले देखाएको छ । इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानले ओमिक्रोन भेरियन्टले गम्भीर बिरामी बनाउने आधार देखिएको निष्कर्ष निकालेका हुन् ।

अनुसन्धानका क्रममा अन्य भेरियन्टबाट संक्रमित भएका २ लाख र ओमिक्रोनबाट संक्रमित भएका ११ हजार ३ सय २९ जनामाथि अध्ययन गरिएको थियो । सो क्रममा ओमिक्रोन भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना हुनेको दर डेल्टा भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना हुने भन्दा कम नदेखिएको हो ।

यस्तै दुई डोज मात्रै लगाएकाहरूमा ओमिक्रोन विरुद्धको प्रभावकारिता २० प्रतिशतसम्म मात्रै देखिएको छ भने, बुस्टर डोज लगाउँदा ५५ देखि ८० प्रतिशतसम्म देखिएको छ ।

यस्तै डेल्टाको तुलनामा ओमिक्रोनको पुन संक्रमण हुने सम्भावना ५.४ गुणा बढी देखिएको छ । यस्तै अर्को अध्ययनले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि पुरुषको शुक्राणुको गुणस्तर र स्पर्म सङ्ख्यामा गिरावट भएको देखाएको छ । 

अध्ययनले संक्रमणमुक्त भइसकेपछि महिनौँसम्म पुरुषको शुक्राणु कमजोर हुने गरेको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ