arrow

ओमिक्रोन भेरियन्टको संक्रमण जापानी समुदायमा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ७ बुधबार
corona-virus-omicron.JPG

टोकियो । जापानले ओसाका प्रिफेक्चरमा कोभिड-१९ को ओमिक्रोन भेरियन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको बुधबार बताएको छ । विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई कोभिड-१९ संक्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरियन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बताए । 

हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा क्वारेन्टीनमा बसेपनि उनीसँग परिवारका अन्य सदस्यसँग भेट भएको र प्रारम्भिक परीक्षणले उनलाई ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि गरेको छ ।  संक्रमित भएको आशङ्का गरिएका व्यक्तिमा ३० वषीर्य पुरुष र उनकी श्रीमती र १० वर्षभन्दा कम उमेरकी बालिका रहेकी छन् । 

उनीहरूलाई ज्वरोलगायत हल्का लक्षणहरू देखा परेपछि शनिबारदेखि सोमबारसम्म अस्पतालमा भर्ना गरिएको थियो । 

ओसाका प्रिफेक्चर प्रशासनले विदेशबाट आएका संक्रमित ती युवासँग परिवारका सदस्यहरूसँग हेलमेल भएको पहिचान गरिसकेको बताएको छ ।

स्वास्थ्य अधिकारीहरूले थप परीक्षणलाई अघि बढाएका छने भने उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरेका छन् । ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले कडा सीमा नियन्त्रण मार्फत जापानले ओमिक्रोन भेरियन्टको प्रवेश रोक्ने प्रयास गरेको बताए । उनले नियन्त्रण प्रयासबीच उक्त घटना सम्भवतः जापानमा ओमिक्रोन संक्रमणको पहिलो घटना भएको बताए । 

योशिमुराले त्यहाँका बासिन्दाहरूलाई ‘ओमिक्रोन समुदायमा फैलिएको छ’ भन्ने आधारमा आफूलाई संक्रमणबाट जोगाउन कदम चाल्न आह्वान गरेका छन् । 

पश्चिमी क्षेत्रमा भएका घटनाहरूलाई सामुदायिक प्रसारणको रूपमा लिनुपर्छ र सरकारले आवश्यक सबै सावधानीहरू अपनाउने कुरा स्वास्थ्य मन्त्री शिगेयुकी गोटोले सञ्चारकर्मीसँग बताए । गोटोले भने, “यतिबेला देशमा कोभिडको ओमिक्रोन संस्करण समुदायसम्म फैलिएको हुनसक्नेमा कुरामा अझै प्रशस्त आधारहरू नभेटिएको भएपनि सावधानी अपनाउनु राम्रो उपाय हुनेछ ।

प्रधानमन्त्री फुमिओ किशिदाले मंगलबार बताएअनुसार जापानले आगामी वर्षको जनवरीको शुरुमा ‘केही समयको लागि’ वर्तमान सीमा नियन्त्रण उपायहरू विस्तार गर्नेछ किनभने एसियाली देश कोभिडका परिवर्तीत संस्करण फैलिनसक्ने तनावको अनिश्चितताबीच सतर्क रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ