arrow

हङकङ विश्वविद्यालयमा रहेको तियानमेन नरसंहारको स्मृति स्तम्भ ढलाइयो, चिनियाँ हस्तक्षेपको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
statue-commemorating-the-Tiananmen-Square-massacre.jpg

काठमाडौं । हङकङ विश्वविद्यालय परिसरमा रहेको तियानमन चोक नरसंहार स्मृतिको स्तम्भ रातारात हटाइएको छ । 

सन् १९८९ मा चीनको राजधानी बेइजिङस्थित तियानमन चोकमा लोकतन्त्रको माग गर्दै भएको प्रदर्शनमा ठूलो नरसंहार भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको दमनविरुद्ध भएको प्रदर्शनमा यकिनन् तथ्यांक नभए पनि हजारौंले ज्यान गुमाएको आंकलन ।

सोही क्रुर नरसंहारको स्मृतिमा डेनमार्कका मूर्तिकार जेन्स गाल्सचोटले उक्त स्तम्भ बनाएका थिए । ८ मिटर अग्लो उक्त स्तम्भमा ५० टुक्रा र टुक्रिएको शरीरलाई एकअर्काको माथि थुप्रिएको देखाइएको छ ।

“लज्जाको स्तम्भ” भनिने यो स्तम्भ विश्वविद्यालय प्रशासनले गत अक्टुबरमै हटाउने निर्णय गरेको थिए । विवादकाबीच बुधबार रातारात उक्त स्तम्भ त्यहाँबाट हटाइएको हो ।

रातारात हटाइएको लज्जाको स्तम्भ

मुर्तिकार जेन्स गाल्सचोटले सो मुर्ति आफ्नो सम्पत्ती भएको बताउँदै कुनै बिगार भएको क्षतिपूर्तीको चेतावनी दिएका छन् । खासगरी चीनले हङकङमाथि राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि लोकतन्त्र समर्थककुराहरुमाथि अत्याचार हुँदै गएको आरोप छ ।

लोकतन्त्रवादीहरु र लोकतन्त्रसँग सम्बन्धित कुराहरुमाथि चिनियाँ हस्तक्षेप भएर कारबाही भइरहेको आरोप लगाइएको छ । यो स्तम्भ हटाइएपछि अहिले  विश्वभर चिनियाँ सरकारको व्यापक आलोचना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ