arrow

चीनमा करोड बढी नागरिक लकडाउनमा, भारतमा पनि बढ्यो संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
china-corona.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको छ । यसबीच चीनको सियान सहरमा १ करोड ३९ लाख मानिसलाई लकडाउनमा राखिएको छ ।

दोस्रो चरणमा सामूहिक परीक्षणमा १२७ संक्रमित फेला पारेपछि अधिकारीहरूले कोभिड१९ को समुदायमा फैलावटलाई नियन्त्रण गर्न लकडाउन गरेका हुन् ।

चीनले विन्टिर आलम्पिक आयोजना गर्न लागेको एक महिनाअघि लकडाउन गरिएको छ । अत्यावश्यक खरिदबाहेक मानिसहरुलाई घरबाहिर निश्किन रोक लगाइएको छ । यस्तै आधिकारीक अनुमति पत्र लिएपछि मात्रै शहर छोड्न मिल्ने भएको छ । सियानका १४ जिल्लामा संक्रमण फैलिएको छ ।

यस्तै भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । भारतमा ७ हजार ४ सय ९५ नयाँ संक्रमित थपिएका छन्, भने ४३४ संक्रमितको मृत्यु भएको छ ।

भारत र चीनमा संक्रमण बढेसँगै नेपाललाई समेत जोखिम बढेको छ । नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ