arrow

चीनको जबरजस्ती बारे अमेरिकी चासो

logo
एएनआई,
प्रकाशित २०७८ पुष ८ बिहिबार
china-flag.jpg

वासिङ्टन [अमेरिका] । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ब्लिन्केन र बोरेलले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग इयू र अमेरिकाको निरन्तर ऐक्यबद्धतालाई जोड दिएको जनाएका छन् ।  सो अवसरमा ब्लिन्केन र बोरेलले संयुक्त राज्य अमेरिका-ईयु साझेदारीलाई सुदृढ गर्न र साझा चुनौतीहरूको सामना गर्न सँगै काम गर्ने आफ्नो निरन्तर प्रतिबद्धता पुष्टि गरेका छन्।

"उहाँहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिदै युक्रेन विरुद्ध कुनै पनि रूसी सैन्य आक्रमण गरेमा रूसी संघको लागि ठूलो मूल्य चुकाउँनु पर्नेमा जोड दिइएको छ ।  

लिथुआनियाको विरूद्ध जनवादी गणतन्त्र चीनका कदमले अमेरिका र युरोपेली कम्पनीहरूलाई असर गरिरहेको छ। "उहाँहरूले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग निरन्तर ऐक्यबद्धतालाई जोड दिदै आर्थिक पक्षलाई बलियो बनाउन सँगै काम गर्न पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।" प्रवक्ताले भने ।

लिथुआनिया र चीन बीचको विवाद यस वर्षको शुरुमा लिथुआनिया पूर्वी युरोपको "१७+१" ब्लकबाट बाहिरिएपछि भएको हो । त्यसपछि लिथुआनियाले ताइवानसँग कूटनीतिक सम्बन्ध बढाएको थियो र  ताइवानको प्रतिनिधि कार्यालयलाई अनुमति दिने एक मात्र युरोपेली देश बन्यो।

फलस्वरूप गत अगस्टमा चीनले भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलायो त्यस लगत्तै प्रतिक्रियास्वरूप लिथुआनियाले पनि सेप्टेम्बरमा  सोही कदम चाल्यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ