arrow

ओमिक्रोन विरुद्ध एस्ट्राजेनेकाको बुस्टर डोज प्रभावकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
astrazeneca.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध एस्ट्राजेनेका खोपको तेस्रो अथवा बुस्टर डोज प्रभावकारी देखिएको छ । अक्सफोर्ड विश्वविद्यालय प्रयोगशालाकाे अध्ययनलाई उद्धृत गर्दै एस्ट्राजेनेकाले यस्तो जानकारी दिएको हो।

मेडिकल जर्नलमा प्रकाशित हुन बाँकी अध्ययनले प्राकृतिक रूपमा कोरोना भाइरसको संक्रमणबाट निको भए भन्दा बुस्टर डोज लगाएपछिको एन्टिबडी बढी हुने गरेको देखाएको छ ।

डेल्टा भेरियन्ट विरुद्ध एस्ट्राजेनेकाको २ डोजको प्रभावकारीता जत्तिकै तेस्रो डोजको प्रभावकारीता ओमिक्रोनविरुद्ध देखिएको कम्पनीले जनाएको हो ।

यो अध्ययन गरेका अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरू खोपमा काम गर्नेहरूबाट स्वतन्त्र रहेको कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ