arrow

भारतले गर्‍यो 'प्रलय' को सफल परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
pralaya.PNG

इन्डिया न्युज नेटवर्क | भारतले सतहबाट सतहमा मार हान्न सक्ने अत्याधुनिक क्षेप्यास्त्र 'प्रलय'को बुधबार सफल परीक्षण गरेको छ।

भारतमै विकसित १ सय ५० देखि ५ सय किलोमिटर दायरा रहेको यो क्षेप्यास्त्रलाई मोबाइल मार्फत पनि प्रक्षेपण गर्न सकिन्छ। क्षेप्यास्त्रमा जडित मार्गदर्शन प्रणालीमा अत्याधुनिक नौ परिवहन प्रणाली समावेश गरिएको छ।‌‌‌‌

रक्षा अनुसन्धान र विकास सङ्गठन (डीआरडीओ) ले ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट पहिलो पटक यस क्षेप्यास्त्र को सफल परीक्षण गरेको थियो। यस अभियानले निर्धारित सम्पूर्ण उद्देश्य पूरा गरेको रक्षा मन्त्रालयले जनाएको छ।

विविध जहाज सहित पूर्वी तटमा प्रभाव बिन्दु नजिक तैनाथ गरिएका सबै सेन्सरहरूले क्षेप्यास्त्र प्रक्षेपण को निगरानी गरेका थिए। ठोस प्रेरक क्षेप्यास्त्र मोटर तथा नयाँ प्रविधि मार्फत यस क्षेप्यास्त्र को सञ्चालन गरिनेछ।

रक्षामन्त्री राजनाथ सिंहले यो पहिलो विकास उडान परीक्षणको लागि डीआरडीओ र सम्बन्धित टोलीहरूलाई बधाई दिएका छन्। उनले द्रुत विकास र आधुनिक सतह देखि सतह सम्म मार हान्न सक्ने क्षेप्यास्त्र को सफल प्रक्षेपणको लागि डीआरडीओ को प्रशंसा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ