- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अन्टानारिभो । माडागास्करको तटीय क्षेत्रमा पानीजहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो ।
सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।
यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना-इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर ( ६० माईल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो ।
नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा "प्राविधिक समस्या" भएको देखाएको छ।