arrow

बाइडेन अर्को पटक पनि राष्ट्रपतिमा उठ्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ८ बिहिबार
biden uk.jpg

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् ।

अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन् ।

बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनलाई सो अन्तर्वार्ताका क्रममा अर्को निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उनले सो जवाफ दिएका हुन् ।

सो क्रममा उनले भनेका थिए– हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ