arrow

विवादास्पद व्यक्तिहरूको उम्मेदवारीमाथिको विवाद : लिबियाली नागरिक निराश

logo
एएफपी,
प्रकाशित २०७८ पुष ८ बिहिबार
libya-crisis.jpg

त्रिपोली । लिबियालीहरूले शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएपछि चिन्ता एवम् नैराश्यता व्यक्त गरेका छन् । एक दशक लामो हिंसापछि हुन लागेको निर्वाचनले लिवियाली नागरिकले शान्तिको आशा गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा रहेको सरकारको एउटा प्रमुख कार्य राष्ट्रपतीय निर्वाचनलाई मान्दै शान्ति प्रक्रियाको एउटा भाग पूरा हुने अपेक्षा लिवियालीहरूले गरेका थिए । हप्तौँको अनुमानपछि अधिकारीहरूले मतदान आगामी एक महिना पछि सार्ने प्रस्तावको पुष्टि बुधबार गरेका थिए । 

लिवियाली व्यवसायी नबिल अल–सेयरफले भने, “मैले आफ्नो मतदाता नामावलीमा नाम दर्ता गराइ निर्वाचनको पर्खाइमा थिएँ । तर राजधानी त्रिपोलीको पश्चिममा रहेको एउटा क्याफेमा सरकारद्वारा निर्वाचन पछि सार्ने प्रस्ताव भएको सुन्दा दुःख लागेको छ ।” 

“निर्वाचन पछि सार्नु मेरो लागि यो विलम्ब एउटा ठूलो अनि निराशाको कुरा हो,” ५१ वर्षीया महिला उद्यमीले बताइन् । यो मतदान पूर्व–पश्चिममा भएको ऐतिहासिक युद्ध विरामको एक वर्षभन्दा बढी समयपछि हुन लागेको थियो जसले लिवियाली जनतालाई आशावादी बनाएको थियो । 

उत्तर अफ्रिकी देश लिवियाको पहिलो राष्ट्रपति चुनावको दौडानलाई यसको कानुनी आधार र विभिन्न विवादास्पद व्यक्तिहरूको उम्मेदवारीमाथिको विवादले ओझेलमा पारेको छ ।

निर्वाचन समितिले मतदानलाई एक महिनादेखि जनवरी २४ सम्म पछाडि धकेल्न सुझाव दिएको छ । पूर्वी सहर त्रिपोलीमास्थित संसद र अधिकारीहरूबीचको वैमनस्यतालाई ध्यानमा राख्दै नयाँ मितिमा सहमति जनाउनका लागि गरिएको यो प्रस्ताव सहज हुन देखिएको छैन । 

यो विलम्बले ७० लाख जनसङ्ख्यामध्ये आफ्नो मतदाता नामावली रहेको परिचय पत्र लिएका करिब २५ लाख लिबियालीहरूका लागि निराशाजनक हुनेछ । सेयरफका लागि त यो झनै निराशाजनक भएको छ ।

उनले भने, “मेरो विचारमा युद्ध विराम भङ्ग हुने सम्भावना बढेको छ किनकि निर्वाचन समय लम्बिँदा प्रत्येक गुट र समूहले आफ्नो स्वार्थका लागि नागरिकलाई प्रयोग गर्नेछन् र चुनावको विरोधमा रहेका जनतालाई सशस्त्र समूहहरूले हात लिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ