arrow

बङ्गलादेशसँगको सम्बन्धलाई भारतको सधैँ उच्च प्राथमिकतामा

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष ८ बिहिबार
president-kovind-parliament.jpg
फाइल तस्बिर

ढाका। बङ्गलादेशको मुक्ति युद्धको ५० वर्ष पूरा भएको अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले छिमेकी देशसँग मित्रताको महत्त्वलाई जोड दिँदै भारतले बङ्गलादेशसँगको मित्रतालाई सधैँ उच्च प्राथमिकता दिएको बताएका छन्।

"मेरो पुस्ताका लाखौँ भारतीयहरू जस्तै दमनकारी शासनमाथि बङ्गलादेशको विजयबाट उत्साहित थियौँ र बङ्गलादेशका जनताको विश्वास र साहसबाट गहिरो रूपमा प्रेरित भयौँ,"कोविन्दले ढाकामा आयोजित एक कार्यक्रममा कोविन्दले भने।

"भारतले सधैँ बङ्गलादेशसँगको आफ्नो मित्रतालाई उच्च प्राथमिकता दिएको छ। हामी हाम्रो मित्रताको पूर्ण क्षमतालाई महसुस गर्न, मद्दत गर्न सक्दो सहयोगका लागि प्रतिबद्ध छौँ," उनले भने।

बङ्गलादेशमा मुक्ति सङ्ग्रामको ५० वर्षको स्मरण गर्दै, राष्ट्रपति कोविन्दले बंगबन्धुको सपना साकार पार्ने देशका प्रधानमन्त्री शेख हसिनाको दृढ विश्वासको खुलेर प्रशंसा गरे। प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा बङ्गलादेशका मेहनती र उद्यमी जनताले बंगबन्धुको आदर्शलाई साकार पारेको उनले बताए।

भारत बङ्गलादेश सम्बन्धको महत्त्वलाई रेखाङ्कित गर्दै कोविन्दले भने, "यदि हाम्रो साझेदारीको पहिलो ५० वर्ष हाम्रो जनता बिचको गहिरो मित्रता निर्माण गर्ने असाधारण चुनौतीहरूलाई पार गरेर सुरु भयो भने अब हाम्रो सम्बन्ध थप अझ माथि उठाउने समय आएको छ।"

यसअघि राष्ट्रपति कोविन्द ढाकाको राष्ट्रिय परेड मैदानमा विजय दिवस परेडमा सहभागी भएका थिए। विजय दिवस समारोहमा भारतीय सशस्त्र बलका १२२ सदस्यीय त्रिसेवा दलले पनि भाग लिएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ