arrow

सन् १९७१ मा बङ्गलादेशमाथि पाकिस्तानद्वारा नरसंहार गरेको ठहर गर्न अमेरिकालाई आग्रह

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष ८ बिहिबार
banglades-demand-us.jpg

ढाका। बङ्गलादेशले आफ्नो ५० औँ विजयोत्सव मनाइरहँदा बङ्गलादेश समुदायका सदस्यहरूले अमेरिकाको वासिङ्टन डिसीमा रहको व्यक्तिहरूले ह्वाइट हाउस अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सन् १९७१ मा बङ्गलादेशमा पाकिस्तानले गरेको हिंसालाई नरसंहारको मान्यता दिन अमेरिकासँग माग गरेका हुन्। 

बङ्गलादेशीहरूले सन् १९७१ मा पाकिस्तानी सेनाले बङ्गलादेशमाथि नरसंहार मच्चाएको रूपमा पहिचान गर्न आग्रह गरेका हुन्। अमेरिकास्थित मानवअधिकार कङ्ग्रेसको नेतृत्वमा बङ्गलादेशका अल्पसङ्ख्यकमाथि पाकिस्तानले गरेको नरसंहारलाई मान्यता दिएर पाकिस्तानलाई दण्डित गर्न माग गरिएको छ। 

तर, पाकिस्तानी सेनाले बङ्गलादेशका सर्वसाधारणमाथि गरेको जघन्य र क्रूर हत्या, बलात्कारजस्ता घटनालाई पहिचान नगरेको प्रदर्शनकारीहरूले जनाएका छन्।प्रदर्शनकारीहरूले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन्। एउटा ब्यानरमा लेखिएको थियो – “५० वर्ष : बङ्गलादेशमा नरसंहार। पाकिस्तानले अब जिम्मेवारी स्विकार्नुपर्दछ। अमेरिकाले पनि बङ्गलादेशको नरसंहारलाई मान्यता दिनु पर्दछ।” 

सन् १९७१ को बङ्गलादेश हिन्दु नरसंहार हो। उक्त नरसंहारमा हजारौँ महिलाहरूलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको छ। यस्तो जघन्य अपराधमा संलग्न पाकिस्तानलाई कारबाही गर्नुपर्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ