arrow

इटालीमा ओमिक्रोन : क्रिसमसमा कडाइ

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
brindishi-city-italy.jpg

रोम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका संक्रमण बढेको पाइएको छ ।

यहाँ प्रतिदिन यस्तो संक्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरूमा कडाइ गरिएको छ र यहाँका अधिकारीहरूले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने नियम बनाएका छन् ।

पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरूमा बढी नागरिकहरूको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाइ गरिएको बताइएको छ । इटालीको मन्त्री परिषद्ले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसै गरी नागरिकहरू सार्वजनिक रूपमा भेला हुने कार्यमा पनि कडाइ गरिएको यहाँको सरकारले जनाएको छ ।

यहाँका प्रतिबन्धहरूमा रात्रि क्लबहरू र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ ।

यहाँ प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ