arrow

२० वर्ष जेल सजाय सुनाइएकी दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युनलाई माफी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
park-geun-hye.jpg

काठमाडौं । सन् २०१७ मा भ्रष्टाचार र शक्तिको दुरुपयोग आरोपमा २० वर्ष जेल सजाय सुनाइएकी दक्षिण कोरियाकी पूर्व प्रथम महिला राष्ट्रपति  पार्क ग्युनको सजाय माफ गरिएको छ ।

कोरोनाभाइरस महामारीको कारण उत्पन्न कठिनाइहरूको सामना गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले पार्कको सजाय माफ गरिएको दक्षिण कोरियाको न्याय मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विशेष माफी प्राप्त गर्ने व्यक्तिहरूको सूची रहेकी पूर्व राष्ट्रपति पार्कलाई राष्ट्रिय एकताको दृष्टिकोणबाटमाफी दिइएको न्याय मन्त्री पार्क बिओम केले बताएका छन् । यस हप्ता न्याय मन्त्रालयमा पूर्वराष्ट्रपति पार्कको माफीका विषयमा दुई दिन छलफल भएको थियो ।

पूर्वराष्ट्रपति पार्क स्वर्गीय अधिनायकवादी राष्ट्रपति पार्क चुङ हीकी छोरी हुन्। ६९ वर्षीय पार्कलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा थप दुई वर्ष जेल सजाय तोएिको थियो ।

सन् २०१६ को संसदीय चुनाव अगाडि उनले पार्टीको उम्मेद्वार नामांकनमा अवैध रूपमा हस्तक्षेप गरेकोमा पनि दोषी ठहरिएकी थिइन् । भ्रष्टाचारको आरोपछि उनलाई सन् २०१७ मा महाभियोग लगाएर पदबाट हटाइएको थियो।

सन् २०१३ देखि २०१६ को बीचमा विश्व चर्चित मोबाइल निर्माता कम्पनी सामसुङसहित विभिन्न कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ