arrow

चीनको सिनजियाङमा बनेका सामान प्रतिबन्ध गर्ने कानुनमा बाइडेनले गरे हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
biden-america.jpg

काठमाडौं । वासिङ्टन र बेइजिङबीच तनावग्रस्त सम्बन्ध रहेका बेला बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिनजियाङ प्रान्तमा बनेका सामानमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् । चीनले उइगर मुस्लिम समुदायमाथि गरिरहेको दमन र अत्याचारको विषयलाई लिएर अमेरिकाले यस्तो निर्णय गरेको हो । 

यो कानुन डिसेम्बरकै सुरुमा अमेरिकी प्रतिनिधि सभा र सिनेट दुवैमा सर्वसम्मत भोटबाट पारित भएको थियो । यस अनुसार अब, सिनजियाङमा निर्मित सामान अमेरिकामा आयात हुने छैन । सिनजियाङ कपास र सौर्य प्यानलको ठुलो आपूर्तिकर्ता हो।

कुनै आपूर्तिकर्ताले श्रम शोषण नभएर सामान उत्पादन गरेको प्रमाणित गरेमा ती सामान भने अमेरिकामा आपूर्ति गर्न सकिनेछ । चीनले सिनजियाङमा अल्पसङ्ख्यक मुस्लिम समुदायलाई जबरजस्ती श्रम गराइरहेको आरोप समेत छ । 

संयुक्त राष्ट्र सङ्घका विज्ञहरू र अधिकार समूहहरूले अनुमान सिनजियाङको शिविरहरूमा १० लाख भन्दा बढी मुख्यतया उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यक समुदायका मानिसहरू कैदमा परेका छन्। अमेरिका र अन्य धेरै अधिकारवादी समूहहरूले यसलाई नरसंहारको संज्ञा दिएका छन् ।

चीनले भने यो दाबीको अस्वीकार गर्दै आएको छ । तर सो क्षेत्रमा चीनले कुनै पनि सङ्घ, संस्था, मिडिया एवं मानवअधिकारवादी सङ्गठनहरूलाई समेत जान दिने गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ