arrow

भारतमा थपिएका संक्रमित मध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
corona-virus-omicron.JPG

नयाँ दिल्ली ।  भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।   

तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७ जना ओमिक्रोनका संक्रमित रहेका छन् । ओमिक्रोनका ११४ जना सङक्रमित भने निको भएका जनाइएको छ । 

सोही अवधिमा थप ३७४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ७९ हजार १३३ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्यरूमा कमी आएको देखिएको बताइएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार ५१६ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो सङ्ख्या ७७५ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन् । 

गएको २४ घण्टामा भारतमा सात हजार ५१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख १५ हजार ९७७ जनालाई कोरोना संक्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४२ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ९६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४३ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ