arrow

‘आगोसँग खेल्न खोज्दा’ ओलीको अहिलेको हालत भएको प्रचण्डको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
prachanda-masal.JPG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गरेको एकता केपी ओलीले सत्तामा पुग्ने भर्‍याङको रुपमा प्रयोग गर्दा विश्वासघात भएको टिप्पणी गरेका छन् ।

नेकपा मसाल (सम्पर्क केन्द्र)सँग एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तीकारीहरुलाई परास्त गर्न सकिने पनि बताए ।

गत बर्षको पुष ५ गते ओलीले संसद विघटन गरेको प्रसंग उल्लेख गर्दै प्रचण्डले संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले त्यो बेला प्रतिगामी कदम चालेको औंल्याए ।

उनले भने,‘राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् । तिनले प्रतिगमनको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर परिवर्तनको रक्षा गर्दै अघि जाने दृढतासाथ अघि बढ्न मोर्चाबन्दी गर्दैछन् ।’

अध्यक्ष प्रचण्डले ‘आगोसँग खेल्न खोज्दा’ ओलीको अहिलेको हालत भएको बताउँदै भने, ‘आगोसँग खेल्दा के भयो भने कोही बालुवाटरबाट बालकोट पुगे र ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो।’ जसको फलस्वरुप केही मान्छे सिला खोज्दै हिंडने गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ