arrow

भारतको तीर्थयात्रामा राजपाक्ष दम्पती

logo
एएनआई,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
rajpakshaya.jpg

तिरुमाला (आन्ध्र प्रदेश) । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनकी धर्मपत्नी शिरान्ती राजपाक्षले शुक्रवार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजा-अर्चना गरेका छन् । उनीहरू हाल भारतको तीर्थयात्रामा छन् ।

 यसअघि मन्दिरको महाद्वारमा आइपुग्दा उनलाई तिरुमाला तिरुपति देवस्थानमा संयुक्त कार्यकारी अधिकृत वीरब्रह्मम र प्रमुख सतर्कता र सुरक्षा अधिकारी गोपीनाथ जट्टीले स्वागत गरेका थिए।

मन्दिर दर्शनपछि रंगनायकुला मण्डपममा वैदिक पण्डितहरूले उनलाई प्रसाद प्रदान गरे।

आन्ध्र प्रदेशका उपमुख्यमन्त्री नारायण स्वामी पनि श्रीलङ्काका प्रधानमन्त्रीको तिरुमाला मन्दिर भ्रमणका क्रममा उपस्थित थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ