arrow

बागमतीमा राजेन्द्र पाण्डेको जम्बो सरकार, १४ मन्त्री ४ राज्यमन्त्री 

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
bagamati.jpg

हेटौँडा । बागमती प्रदेश सरकार चौथो पटक विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमशः भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।

त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली नियुक्त भएका छन् ।

नवनियुक्त ३मन्त्री र ३ राज्यमन्त्रीले पद र गोपनीयताको शपथ लिएका छन् । नवनियुक्तमन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शपथ गराएका हुन् । 

यससँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ जना फुलमन्त्री र ४ जना राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेशमामन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ ।

यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री भएका थिए । यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

त्यसै गरी तेस्रो पटक भएको सरकार विस्तारमा क्रमशः श्रम रोजगार तथा यातायातमन्त्रीमा घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाईमन्त्रीमा वसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री वसुन्धरा हुमागाईँ, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङ नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप्दै मन्त्रालय सङ्ख्या ८ पुर्‍याएकी थिइन् । अहिले मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालय टुक्र्याएर १४ पुर्‍याएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ