arrow

शतप्रतिशत दिल्लीवासीले खोप लगाए

logo
एएनआर्ई,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
ArvindKejriwal.jpg

नयाँ दिल्ली, भारत । भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा कोभिडविरुद्धको खोप लगाउन योग्य जनसङ्ख्याको शतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवार बताएका छन् । 

ट्वीटरमार्फत् खोप कार्यक्रमबारे जानकारी गराउँदै मुख्यमन्त्री केजरीवालले दिल्लीले कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा खोप लगाइसकेको भन्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

दैनिक एक करोड ४८ लाख ३३ हजार व्यक्तिले देशभरबाट कोभिडविरुद्धको खोप लगाउने गरेका उनले बताए । 

बिहीबार दिल्लीमा ११८ नयाँ कोभिड-१९ सङ्क्रमणका घटना दर्ता भएका थिए भने एक व्यक्तिको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा दिल्लीको सङ्क्रमण दर ०.१३ प्रतिशत रहेको बताइएको छ । 

यसैबिच राष्ट्रिय राजधानी नयाँ दिल्लीले डिसेम्बर १ देखि सक्रिय कोभिड-१९ मामिलामा ११८ प्रतिशत वृद्धि भएको जनाएको छ । दिल्ली राज्यको स्वास्थ्य बुलेटिन अनुसार राष्ट्रिय राजधानीमा पछिल्ला केही दिनमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको देखिएको छ । 

डिसेम्बर १३ सम्म दिल्लीमा दैनिक करिब ३० सङ्क्रमणका घटना भेटिएकोमा डिसेम्बर २२ मा आइपुग्दा दिल्लीले १२५ वटा सङ्क्रमणका घटना पुष्टि गरिएको छ । यो गत छ महिनामा सबैभन्दा बढी हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ