- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्ती र प्रतिगमन परास्त गर्न सकेकोमा गर्व लागेको बताए । उनले फेरि प्रतिगमनले टाउको उठाउन सक्ने भन्दै सचेत पनि गराए ।
माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको बलमा सर्वोच्च अदालतको आदेश अनुसार प्रतिक्रान्तीकारी र प्रतिगमनकारीलाई बालुवाटार र प्रदेशबाट पनि हटाएको दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल भनिएको नेकपा एकालेले सदनमा गाइजात्रा देखाएर लोकतन्त्र विरोधी र अराजक प्रदर्शन गरिरहेको आरोप लगाए । उनले भने,एमालेको उद्देश्य भनेको गठबन्धन टुटाउने र एमसीसी अघि बढ्न नदिने रणनीति हो भन्ने मैंले बुझ्या छु ।’
अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग एमसीसी परियोजना देश र जनताको हितमा रहेकाले परिमार्जनसहित अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।‘सर्वदलीय बैठक बसेर छलफल भएको छ । त्यसबाट एक कार्यदल गठन गरी प्रतिवेदन बुझाउन भनेका छौं । सोही अनुसार अघि बढ्ने र पूर्वाधारका लागि आएको पैसा फिर्ता हुन नदिने रणनीति बनाएका छौं’, उनले भने ।
उनले कांग्रेस, एमाले र राप्रपाको महाधिवेशन सकिएको भए पनि त्यो भन्दा आफ्नो पार्टीको सम्मेलन पृथक बनाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘एमालेको महाधिवशेन पन्चर्याली जस्तो तर कांग्रेसको लोकतान्त्रिक नै देखियो । राप्रपाको कुरै नगरम तर हाम्रो सम्मेलनले मुलुकको अर्थतन्त्र, भावी रणनीति, कार्यनीति कस्तो हुने र पार्टीको रुपन्तरण कसरी गर्ने भन्नेमा केन्द्री हुनेछ ।’ माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुँदैछ ।