arrow

प्रचण्डको प्रस्ताव : 'ओली बालुवाटार नआए बालकोट नै भेट्न जाऔं'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
prachandaa0.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा सहभागी हुन बालुवाटार नआए बालकोटमै भेट्न जान प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको बताएका छन् ।

ललितपुरमा शनिबार सम्पादकहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले एमालेले निरन्तर संसद अवरोध गरिरहे ओलीलाई भेट्न उनको निवास बालकोट नै जाऔँ भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको जानकारी गराए ।

कांग्रेसको १४ औं महाधिवेशन शुरू हुनुअघि नै प्रचण्डले देउवालाई ओलीलाई भेट्न बालकोट नै जाने प्रस्ताव गरेको सुनाए । उनले भने, ‘उक्त प्रस्ताव प्रधानमन्त्रीलाई गरिसकेको छु । उहाँले महाधिवेशनपछि भन्नुभएको छ । अब आवश्यक परे जान्छौं ।’

एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । संसदको गतिरोध हटाउनका लागि प्रधानमन्त्री देउवाले दुई पटक सर्वदलीय बैठक बोलाएका थिए । तर एमालेले भने दुवै बैठक बहिस्कार गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ