- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार दिउँसो १ बजे सम्मेलन शुरु हुने जानकारी दिए ।
सम्मेलनको तयारीस्वरुप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए ।
यता, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेशनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन् ।
प्रवक्ता महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित एक सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रतिनिधिका रुपमा मनोनयन गर्नेछन् ।