arrow

क्रिसमस पार्टीमा आईएसको आत्मघाती विष्फोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
explosion-222.jpg

काठमाडौं । गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो । बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विष्फोट गराएका थिए । 

इस्लामिक स्टेट (आर्इएस)  सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरुले सो बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् । 

अहिलेसम्म कुनै पनि समूहले बिस्फोटको जिम्मा लिएका छैन । बम बिस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । बिस्फोटको समयमा महिला र बालबालिका थिए । 

बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ