arrow

पाकिस्तानमा मन्दिर तोडफोड

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष ११ आइतबार
Pakistan-Flag.jpg.jpeg
फाइल तस्बिर

पाकिस्तान। कराचीको रन्छोड लाइन क्षेत्रमा सोमबार हिन्दु मन्दिरमा तोडफोड भएको छ। स्थानीय मीडिया रिपोर्ट अनुसार एक व्यक्तिले मन्दिरमा प्रवेश गरी हिन्दु देवी जोगमायाको मूर्तिलाई  हिर्काएर नष्ट गरेको हो।

भीड़ले आरोपितलाई समातेर पुलिसलाई सुम्प्यो। आरोपित विरुद्ध ईशनिन्दासित जोडिएका धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

भारतीय जनता पार्टीका नेता मनजिन्दर सिंह सिरसाले घटनाको निन्दा गर्दै यसलाई पाकिस्तानमा अल्पसङ्ख्यकहरू विरुद्ध सरकार समर्थित आतङ्क बताएका छन्। 

हालका वर्षहरूमा पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकहरूको पूजा स्थलहरूमा हमला बढेको छ। अन्तर्राष्ट्रिय समुदायले लगातार यसको निन्दा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ