arrow

माओवादी केन्द्रको सम्मेलनमा ११ दललाई निम्ता, ओलीले महासचिव पोखरेललाई पठाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
maobadi-kendra-1st-national-assembly-final.jpg

काठमाडौं । आइतबार आजबाट शुरु हुने नेकपा (माओवादी केन्द्र)प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनमा सत्रमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी हुने भए पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली भने अनुपस्थित रहने भएका छन् ।

अध्यक्ष प्रचण्डले ओलीलाई फोन नै गरेर निम्ता गरे पनि उनी तीन दिन झापामा रहने भएकाले उपस्थित हुन नसक्ने बताएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

आइतबार दिउँसो प्रज्ञा भवनमा शुरु हुने सम्मेलनमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले प्रतिनिधित्व गर्ने जानकारी प्राप्त भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जनाएका छन् ।

ढकालका अनुसार सम्मेलनको उद्घाटन समारोहमा ११ राजनीतिक दललाई निम्ता गरिएको छ । १ बजे हुने भनिएको उदघाटन आज अपराह्न ३ बजे मात्र हुने भएको छ ।

सम्मेलनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्वागतद्धारहरु निर्माण गरिएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको माओवादी केन्द्रले जनाएको छ ।

उद्घाटन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । सम्मेलनमा भाग लिन देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । 



नयाँ