arrow

रंगभेद विरोधी एवं नोबेल पुरस्कार विजेता डेसम्नड टुटुको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
desmond-tutu.jpg

काठमाडौं । दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न महत्वपूर्ण योगदान दिएका नोबेल शान्ति पुरस्कार विजेता आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ ।

उनी सेता अल्पसंख्यकको शासनविरुद्ध दक्षिण अफ्रिकाको संघर्षका बिशेष व्यक्तित्व हुन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले डेसमन्ड टुटुको निधनमा दुख व्यक्त गरेका छन् ।

रंगभेद विरोधीका प्रतीक नेल्सन मण्डेलासँगैका टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा काला बहुसंख्यकहरू विरुद्ध गोरा अल्पसंख्यक सरकारले लागू गरेको जातीय पृथकीकरण र भेदभावको नीतिको अन्त्य गर्न आन्दोलनरत व्यक्तिहरुमध्येका एक हुन् ।

रंगभेद उन्मूलनको संघर्षमा उनको भूमिकाका लागि सन् १९८४ मा टुटुलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ