arrow

बेलायतमा ओमिक्रोन भेरियन्ट बढ्दो, अहिलेसम्मकै धेरै संक्रमित 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ११ आइतबार
corona-virus-omicron.JPG

लन्डन । बेलायतमा हरेक दिन कोभिड १९ को घातक मानिएको ओमिक्रोन भेरियन्ट बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।

बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् ।

 एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिवार मात्र एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका बताइएको छ ।

यसअघि यहाँ शुक्रवार मात्र एकै दिनमा १ लाख २० हजार संक्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित सङ्ख्या हो ।

त्यसपछि शनिवार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा संक्रमण भएको हो । यो नै यहाँ कोरोना भाइरसको सङक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित पाइएको बताइएको छ । 

यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यसै गरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा यहाँ १३७ जना कोरोना भाइरसका संक्रमितहरुको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरूले पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ