arrow

जापानमा भारी हिमपात : एक सय बढी उडान रद्द

logo
एएनआई / स्पुतनिक,
प्रकाशित २०७८ पुष ११ आइतबार
japan-snowfall-airport.PNG

टोकियो [जापान] । देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन् । 

आइतबार बिहानसम्म विभिन्न प्रान्तमा ३५ इन्चसम्म हिउँ परेको मौसमविद्ले बताएका छन् । देशको पश्चिमी भूभागमा चिसो बढेसँगै भारी हिमपात जारी रहने अनुमान गरिएको छ ।

सोमबार सम्म, चक्रवात होन्शु टापुको केन्द्र तर्फ सर्दैछ जसले विशेष गरी कन्साई क्षेत्रमा कडा हिमपात हुनसक्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ