arrow

मन्डेलाका समकालीन टुटुको निधन

logo
एएफपी,
प्रकाशित २०७८ पुष ११ आइतबार
mandela-tutu.jpeg

जोहान्सबर्ग । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेलेका एक व्यक्तित्व डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ ।

नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु दक्षिण अफ्रिकी राष्ट्रपति सिरील रामाफोसाले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । 

राष्ट्रपति रामाफोसाले उनको मृत्यु ‘उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय’ भएको बताएका छन्   । उनले “स्वतन्त्र दक्षिण अफ्रिका प्राप्तिका लागि टुटुले अग्रस्थानमा रहेर सहयोग गरेको उनले बताए । 

नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीतिको अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व रहेका थिए । 

सन् १९८४ मा नोबल शान्ति पुरस्कार दिइएका टुटु आफ्नो व्यक्तित्व र कार्यले दक्षिण अफ्रिका र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनेका थिए । 
अश्वेत जातीका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहेको तर जीवनभर उनले आफ्नो उद्देश्य राजनीतिक नभई धार्मिक भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ