arrow

तालिबानले रोक्यो पासपोर्ट दिने प्रक्रिया

logo
एनआई,
प्रकाशित २०७८ पुष ११ आइतबार
kabul-airport-afghanistan.jpg

काबुल, अफगानिस्तान । तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ । 

केन्द्रीय पासपोर्ट विभागका प्रवक्ता शाफिउल्ला तासालले अफगान समाचार संस्था पाजोकलाई आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार राजधानीमा तत्कालका लागि पासपोर्ट वितरण रोकिएको पुष्टि गरे । 

उनले भने, “सरकारले शनिबारदेखि काबुलबाट पासपोर्ट वितरण गर्ने काम अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ ।” अन्य प्रान्तमा भने पासपोर्ट वितरणको प्रक्रिया नरोकिने उनले बताएको पाजोक अफगान न्युजले जनाएको छ । 

यसअघि तालिबानले अफगान पासपोर्ट आवेदकहरूले भीडलाई व्यवस्थित गर्न अनलाइन आवेदनको व्यवस्था गर्न लागिएको पनि जनाएको थियो ।
 
अगस्तको मध्यतिर अशरफ गनीको पलायनपछि र तालिबानको नेतृत्वमा ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’ घोषणा गरिएपछि धेरै अफगानीहरू आफ्नो सुरक्षाको कारण देखाउँदै अफगानिस्तान छोड्न चाहेको  बताएका थिए । 

तालिवान समूहले पूरानो सत्ता र नयाँ सत्ताको आभास नहुने गरी सबैसँग सहकार्य गर्दै न्योचितरूपमा शासन सत्ता समाल्ने बताए पनि उनीहरूको भनाइ र कार्यशैलीमा भिन्नता रहेको बताउँदै विदेश पलायन हुने नागरिकको सङ्ख्या उल्लेख्य रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ