arrow

बिहारको खाद्य प्रशोधन कारखानामा विष्फोट हुँदा ६ जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष ११ आइतबार
bihar-killed.PNG

नयाँ दिल्ली । पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्। 

बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएको थियो ।

"उद्धार प्रयासहरू भइरहेका छन् र भग्नावशेषमा हराइरहेकाको खोजी  तिँर बनाइएको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन्  । विष्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको छ र अनुसन्धान भइरहेको छ ।

 विष्फोट यति भीषण थियो कि यस क्षेत्रको छेउछाउका कारखानाका टेरेसमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । 

विष्फोटले इलाकामा आतङ्क मच्चाएको र स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्केका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ