arrow

प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
maobadi-kendra-8th-prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्द सत्र चलिरहेको छ । राजधानीमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । 

स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ ।  

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरेका हुन् । हिजोदेखि शुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । 



नयाँ