arrow

ओमिक्रोनका संक्रमित थपिएपछि दिल्लीमा कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
omicron-corona-virus.jpg

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्टका संक्रमित थपिएपछि रात्रिकालीन कर्फ्यू जारी भएको छ । 

ओमिक्रोन भेरियन्टसँग जोडिएका बिरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले सोमवारबाट रात्रिकालीन निषेधाज्ञा (कर्फ्यू) लगाउने निर्णय गरेको हो । सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।

नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमणमा निरन्तर वृद्धि भइरहेको छ । हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएका बताइएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ संक्रमणका घटना देखिएको सङ्घीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति संक्रमित भएको पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ । 

पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय संक्रमितको सङ्ख्या एक हजार १०० भन्दा बढी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ