arrow

अमेरिकामा प्रतिबन्ध लगाइएका चिनियाँ कम्पनीको निरीक्षणका लागि दुवै पक्षबीच वार्ता

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष १२ सोमबार
china-usa_1617870008.jpg
फाइल तस्बिर

वासिङ्टन। चीनको धितो पत्र नियामक र अमेरिकी अधिकारीहरूले अमेरिकामा सूचीबद्ध चिनियाँ कम्पनीहरूको अडिट निरीक्षणमा वार्ता सुरु गरेका छन्। वर्षौँदेखि कानुनको उल्लङ्घन गरेको आरोपमा उनीहरूलाई सूचीबाट हटाइएका थिए।

चीन र अमेरिकाका सम्बन्धित नियामकहरूले नियामक सहयोगका मुद्दाहरूमा वार्ता सुरु गरेका छन् र केही प्रगति भएको छ, चाइना सेक्युरिटीज रेगुलेटरी कमिसनले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनेका छन्।

यूएस नियामक सार्वजनिक कम्पनी लेखा निरीक्षण बोर्डले मुख्य भूमि चीन र हङकङमा रहेको मुख्यालयमा दर्ता भएका सार्वजनिक लेखा फर्महरूको पूर्ण रूपमा निरीक्षण वा छानबिन गर्न असमर्थ भएको प्रतिवेदन सार्वजनिक गरेपछि सीएसआरसीले यो वक्तव्य जारी गरेको हो। 

सीआरएससीका अनुसार सात मुख्य भूमि चिनियाँ र आठ हङकङका लेखा फर्महरू निरीक्षण गर्न बाँकी छन्। रिपोर्टले सङ्केत गरेको छ कि सीआरएससीले मुख्य भूमि चिनियाँ फर्मको निरीक्षण पूरा गरेको छैन र हङकङका फर्महरूको विषयमा अध्ययन भइरहेको छ। 

अमेरिकी नियामकको प्रतिवेदनमा उल्लेख गरिएका १५ लेखा फर्महरू अमेरिकी डलर १.९ ट्रिलियनको संयुक्त बजार पुँजीकरण भएका १९१ अमेरिकी सूचीकृत चिनियाँ फर्महरूको लेखा परीक्षणको दायरामा रहेका छन्। 

तथापि, अमेरिकी प्रतिवेदनले समाधानमा पुग्न चीनको प्रयासलाई पूर्ण रूपमा प्रतिबिम्बित नगर्ने जनाएको छ। यसले यूएस सेक्युरिटीज एन्ड एक्सचेन्ज आयोग र सीआरएससी दुवैले चिनियाँ अधिकारीहरूसँग समाधान खोज्न काम गरिरहेका बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ