arrow

प्रचण्डको प्रतिवेदनमा डा.बाबुरामको टिप्पणी : फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
PM-ra-baburam.jpeg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले व्यङ्यात्मक टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमाथि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

डा.भट्टराईले माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लागेको प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्,‘माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो। फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो ! अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए । शुभकामना । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ