arrow

भयानक बढ्यो ओमिक्रोनको सङ्क्रमण, जनवरी १० देखि भारतमा तेस्रो डोज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
corona-covid-dalta-plus.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसविरुद्ध थप दुई खोप र एक औषधिलाई आपतकालीन प्रयोगका लागि अनुमति मिलेको छ । दुई खोप कोर्बेभ्याक्स र कोभोभ्याक्स एवं औषधि मोलनुपिरावीरलाई अनुमति मिलेको हो ।

भारतमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न थालेका बेला थप खोपले अनुमति प्राप्त गरेका हुन् । भारतमा सोमबार एकै दिन १३५ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म भारतका २१ राज्यमा ६८७ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै भारतले आउँदो जनवरी १० तारिखदेखि स्वास्थ्यकर्मी र ६० वर्ष उमेर माथिका नागरिकलाई तेस्रो डोज लगाउने निर्णय गरेको छ। यद्यपि तेस्रो डोज लगाउन दोस्रो डोज लगाएको ९ महिना पूरा भइसकेको हुनुपर्नेछ ।

भारतको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका सीईओ डा आरएस शर्माले यस्तो जानकारी दिँदै तेस्रो डोजलाई बुस्टर डोज भन्दा पनि सावधानी डोज भन्न उचित हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ